

कर्णाली पुलबाट हाम फालेका १७ युवामध्ये एक बेपत्ता



धनगढी — कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर सोमबार दिउँसो चिसापानीका एक युवक बेपत्ता भएका छन् ।
लम्कीचुहा नगरपालिका ३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् । घटनालगत्तै डुंगाबाट उनको खोजीकार्य गरिए पनि फेला नपरेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदम विष्टले बताए । सेनाको गोताखोर पठाइएको भए पनि राति परेकाले खोजी हुन नसकेको र मंगलबार बिहानैदेखि खोजी हुने उनको भनाइ छ
प्रहरीका अनुसार १७ जनाले पुलबाट हाम फालेका थिए । उनीहरुले नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन । प्रहरी उपरीक्षक विष्टका अनुसार पुल नजिक खटिएका प्रहरीलाई युवाहरुको समूहले एक छिन फोटो खिच्छौं भनेर गएका र फटाफट पुलमाथिबाट हाम फालेका थिए ।
कान्तिपुरबाट साभार


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया