

आज अन्तर्राष्ट्रिय खुशी दिवस : तपाईँ खुसी हुने पाँच उपाय हेर्नुहोस्


काठमाडौं – आज २०८० साल चैत ७ गते बुधबार तदनुसार सन् २०२४ मार्च २० तारिख। आज विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइदै छ।
संयुक्त राष्ट्रसङ्घको हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउँदै आएको छ। यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन सुरु गरिएको हो। जीवनको आनन्द नै खुशीमा मात्र हुन्छ भनेर मानिसले बुझ्नु जरुरी हुन्छ।
सन् २०११ मा संयुक्त राष्ट्र संघको महासभाले एक प्रस्ताव पारित गर्दै खुसीलाई आधारभूत मानव लक्ष्य बनाएको हो। यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्र संघका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाए। त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइन्छ।
खुशी कसरी बन्ने ?
जीवनमा हरेक कुरा सिकेर नै थाहा हुन्छ। तपाईं वा हरेक मानिसले खुशी कसरी बन्ने भनेर सिक्न सक्छन्। खुशी हुन नसक्ने कमजोरी भए तपाईंले त्यसलाई सुधार गर्न सक्नुहुन्छ। एउटा शिशु परिपक्व मानव बन्न कतिकुरा सिक्नुपर्छ ? खेलाडी र संगीतकर्मीले कति मेहनत गरेर प्रशिक्षण लिन्छन् ? त्यस्तै खुशीका लागि पनि मानिसले मेहनत र संघर्ष गर्नुपर्छ। यो एकाएक पानी बर्सिएजस्तो आउने कुरा होइन। खेल र संगीत साधकका नियम भएजस्तै खुशी जीवनका लागि पनि नियम र अनुशासन पक्कै हुन्छन्। नियम र अनुशासनमा शरीर र मनलाई राखेर अगाडि बढे अवश्य खुशी मिल्छ। बिबिसीले एक अध्ययनलाई आधार मानेर खुशी बन्ने पाँच उपाय सार्वजनिक गरेको छ। यो एक अमेरिकी प्राध्यापकको अनुसन्धानको निष्कर्ष हो।
खेल र संगीत साधकका नियम भएजस्तै खुशी जीवनका लागि पनि नियम र अनुशासन पक्कै हुन्छन्। नियम र अनुशासनमा शरीर र मनलाई राखेर अगाडि बढे अवश्य खुशी मिल्छ।
खुशी हुने पाँच उपाय
खुशी नम्बर १ – धन्यवाद अर्थात् कृतज्ञता व्यक्त गर्न सिक्नुहोस्
अधिकांश मानिस अरुलाई गाली गर्न व्यस्त हुन्छ। तर कम्तिमा कसैलाई धन्यवाद वा कसैप्रति कृतज्ञता व्यक्त गर्न सक्नु सबैभन्दा ठुलो खुशी हो। हरेक दिन साँझ कसैप्रति कृतज्ञता व्यक्त गर्नुपर्ने सूची बनाएर हेर्न सकियो भने रिस र आक्रोश कम हुँदै खुशी मिल्न थाल्छ।
खुशी नम्बर २ – मस्त र राम्ररी सुत्नुहोस्
जीवनमा दौडधुप छ। कमाउनु छ। ऋण तिर्नु छ। व्यापारको विषयमा छलफल गर्न भेटघाट गर्नु छ। तपाईं मध्यरातसम्मै काममा हुनुहुन्छ। त्यसले तपाईंको पेट र जिन्दगीलाई सहज भए पनि खुशी प्राप्त हुँदैन। दैनिक आठ घण्टा मस्त वा राम्ररी सुत्ने अभ्यास गर्नुहोस्। यो अभ्यासलाई निरन्तरता दिनुभयो भने खुशी पक्कै मिल्छ। राम्ररी सुत्न सकेमात्र मनमा निराशाका सन्देश आफै हटेर जाने अनुसन्धानको निष्कर्ष छ। निराशा हट्नु र मस्त सुत्नु नै खुशीको अर्को सुत्र हो।
खुशी नम्बर ३ – ध्यान गर्ने
तपाईंका लागि हरेक दिन २४ घण्टा उपलब्ध छ। यो समय तपाईंको मात्र होइन रुसी राष्ट्रपति, अमेरिकी राष्ट्रपति र नेपालका प्रधानमन्त्रीका लागि पनि त्यत्ति नै हुन्छ। यो समयबाट मात्र १० मिनेट ध्यानका लागि छुट्याउनुहोस्। एकाग्रतामा बसेर ध्यान गर्नुहोस्। यसले खुशी बनाउन सहयोग गर्छ। निरन्तरको अभ्यासले तपाईंलाई अवश्य खुशी मिल्नेछ।
खुशी नम्बर ४- परिवार र साथीलाई धेरै समय दिनु
परिवार र साथीलाई धेरै समय दिने मानिस खुशी हुने अध्ययनले देखाएको छ। गुणस्तरीय समय परिवारलाई दिन सक्नु मानिसको खुशी हो। त्यसैगरी साथीसँग समय बिताउनेहरुसमेत खुशी हुन्छन्। मनपर्ने मान्छेसँग हुने संवादले मानिसको सम्बन्ध जीवन्त मात्र बनाउँदै मनोवैज्ञानिक रुपमा उसमा खुशीका हर्मोन उत्पादन भइरहेका हुन्छन्। यसले जीवनलाई स्वास्थ्य बनाउन सहयोग गर्छ। खुशी सम्पत्तिमा भन्दा सम्बन्धमा हुन्छ।
खुशी नम्बर ५- सामाजिक सञ्चालको प्रयोग कम गर्ने
हिजो सञ्चारका लागि मानिसले महिनौ वा वर्षौसम्म कुर्नुपर्ने अवस्था थियो। एउटा सूचनाका लागि चिट्ठी घरसम्म आइपुग्नुपर्ने अवस्था थियो। समय फेरिएको छ। संसारमा सेकेण्डकै भरमा सूचना फैलिन्छ। त्यसका लागि सामाजिक सञ्जालको प्रयोग अत्याधिक भइराखेको छ। तत्काल हेर्दा मानिस यसमा रमाएको देखिन्छ। तर यसले वास्तविक खुशी दिन सक्दैन। खुशी बन्नुहुन्छ भने सामाजिक सञ्जाल र फोनलाई परै राखेर सक्रिय जीवन बिताउने सुत्र बनाउनुपर्छ।
खुशी टाढा छैन तपाईंभित्रै छ। एक पटक होइन हरेक दिन पटकपटक अभ्यास गरेर हेर्नुहोस् तपाईं आफैं संसारको खुशी मानिस बन्नुहुन्छ।
अरुको चटक हेरेर होइन आफ्नो शरीर र मनलाई शान्त बनाए मात्र खुशी मिल्छ। सामाजिक सञ्जालमा अरुको रमिताबाहेक तपाईंको खुशी हुँदैन। त्यसैले त्यसलाई चलाउन कम गरेर खुशी प्राप्त गर्न सक्नुहुन्छ।
मानिसको प्रतिभा मेहनतले प्राप्त भएजस्तै खुशी पनि अभ्यासले मिल्छ। यी पाँच अभ्यास गर्नुहोस् खुशी जीवन बाच्नुहोस्। खुशी टाढा छैन तपाईंभित्रै छ। एक पटक होइन हरेक दिन पटकपटक अभ्यास गरेर हेर्नुहोस् तपाईं आफैं संसारको खुशी मानिस बन्नुहुन्छ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया