

दाङको भालुबाङमा जग्गाको मुआब्जा माग गर्दै प्रदर्शन

दाङ – राप्ती गाउँपालिका–१ स्थित सशस्त्र प्रहरी गणको कार्यालय विभिन्न व्यक्तिहरुको निजी जग्गामा स्थापना गरिएको भन्दै न्यायको माग गर्दै शनिबार प्रदर्शन गरिएको छ। पूर्व–पश्चिम राजमार्ग बन्ने क्रममा उक्त जग्गामा निर्माण सामाग्री राखिएको थियो भने सशस्त्र द्वन्द्व सुरु भएपछि त्यस स्थानमा प्रहरी प्रशासनको कार्यालय स्थापना गरिएको छ।
स्थानीय १८ जना जनाको ६ विगाह ७ कट्ठा ९ धुर जग्गा सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा राखेको, अहिलेसम्म मुआब्जा नदिएको, व्यक्तिले जग्गाको मालपोत बुझाइरहे पनि सशस्त्र प्रहरीले जग्गाको भोगचलन गर्दै आएकाले न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको संघर्ष समितिका अध्यक्ष विमलकुमार घिमिरेले जानकारी दिए।
पाखापानीबाट सुरु भएको र्यालीले भालुबाङ बजारको परिक्रमा गरेको थियो। संविधानले दिएको निजी सम्पत्तिको सुरक्षा र उपभोग गर्न पाउने हकको संरक्षण गर्नुपर्ने, सुरक्षा निकायबाटै यस प्रकारको गतिविधि भएकाले पीडित जग्गाधनीहरु संघर्षमा उत्रनु परेको घिमिरेले बताए।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया