

माउन्ट एभरेष्ट चारनम्बरमा शिक्षक सेवाका तयारी कक्षा संचालन हुँदै



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा स्थित चारनम्बरमा रहेको माउन्ट एभरेष्ट एजुकेन जोनले शिक्षक सेवा आयोग लक्षित गरी तयारी कक्षाहरु संचालनमा जोड दिएको छ । शिक्षक सेवा आयोगले विभिन्न समयमा खुलाउने विभिन्न तहहरुको शिक्षक विज्ञापनमा शिक्षकको पदपुर्तिका लागि आह्वान गरिरहेका बेला माउन्ट एभरेष्टले तयारी कक्षाहरु संचालन गरेको हो ।
संस्थाका प्रमूख संचालक माधब बन्जाडेका अनुसार शिक्षक सेवा आयोग अन्र्तगत प्रा.वि, निमावि र मावि गरी तीनै तहका विद्यार्थीहरुलाई लक्षित गरी तयारी कक्षा स.चालन भइरहेको छ । सिकारुलाई भौतिक रुपमै उपस्थित गराई विषयविज्ञ तथा शिक्षा क्षेत्रका अनुभवी प्रशिक्षकहरुबाट कक्षा संचालन भइरहेको उनले बताएका छन् ।

बन्जाडेका अनुसार घरमा बसेर आफ्नै तरिकाले अध्ययन गर्नु भन्दा विषय विज्ञबाट विभिन्न टेक्निकहरु लिएर सहज तरिकाबाट सिकाइ स्तर बृद्धी गर्नका लागि पनि यो तयारी कक्षा प्रभावकारी भइरहेको दाबी छ । विगतका वर्षहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल माउन्ट एभरेष्ट एजुकेशनल जोनमा उनले यस पटक पनि दैनिक २ घण्टा कक्षा सञ्चालन हुने गरी संचालन गरिएको बताए । हरेक टपिकमा परीक्षा गराइने र उल्लेखित विषयविज्ञहरुद्धारा नै फिडब्याक समेत दिने उनको भनाइ छ ।
सुरुमा भर्ना हुने २५ जनाका लागि समेत माउन्ट एभरेष्टमा विशेष छुटको आफर समेत दिइएको छ भने कपिलवस्तु जिल्ला भन्दा बाहिरबाट आउनेहरुका लागि होस्टेलको व्यवस्था र विशेष छुटको व्यवस्था रहेको समेत बन्जाडेले बताएका छन् । माउन्ट एभरेष्ट एजुकेशनल जोन वाणगंगा १, जितपुर (चारनम्बर) कपिलवस्तुमा रहेको छ ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया