

बाँकेमा निकुञ्ज क्षेत्रबाट अवैध हतियार बरामद



बाँके। चोरी सिकारीमा प्रयोग भएको दुई थान अवैध बन्दुकसहितको हातहतियार बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रबाट सुरक्षाकर्मीको टोलीले बरामद गरेको छ।
बाँके राष्ट्रिय निकुञ्जका सुचना अधिकारी कुननारायण चौधरीले निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीको संयुक्त गस्ती टोलीले बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित शिवखोलाको सीमानामा चुरेको सिरान क्षेत्रबाट अवैध हातहतियार बरामद गरेको बताउनुभयो।
उहाँले निकुञ्जभित्र प्रवेश गरी चोरी सिकारीमा संलग्न व्यक्तिले प्रयोग गरेको अवैध हतियार र वन्यजन्तुको सुकुटी बरामद गरिएको बताउनुभयोे। सूचना अधिकारी चौधरीका अनुसार बरामद गरिएका हातहतियारमा एक थान बाह्रबोर बन्दुक, १ थान भरुवा बन्दुक र उक्त हतियारमा प्रयोग हुने गोली, तीन वटा खुकुरीलगायत बन्दोबस्तीका सामान छन्। दुई किलो जति वन्यजन्तुको सुकुटी पनि बरामद गरेको छ।
चोरी सिकारीमा संलग्नले गस्ती टोलीमाथि दुई राउण्ड गोली फायर गरेपछि प्रतिकारमा गस्ती टोलीले ४ राउण्ड जवाफी फायर गरेको र त्यसपछि उनीहरु भागेको जनाइएको छ।
सो घट्ना बारे गहिरिएर अनुसन्धान भइरहेको जनाउँदै बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी चौधरीले घटना अनुसन्धानकै क्रममा रहेकोले अहिले नै धेरै कुरा भन्न नसकिने बताउनुभयो। निकुञ्ज क्षेत्रबाट हातहतियार र वन्यजन्तुका सुकुटी भेटिएकोले चोरीशिकारी गर्ने गिरोह सक्रिय रहेको पुष्टि भएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया