

कपिलवस्तुमा बीभत्स हत्या गरेर गाडिएको शवको सनाखत



जिल्लाको कपिलवस्तु नगरपालिका-४ पिपरी गाउँ नजिकैको नहरको कुलोमा बीभत्स हत्या गरेर गाडिएको शवको सनाखत भएको छ । कोदवहा चोकदेखि दक्षिण ५ सय मिटर नहरको कुलोमा शरीर जलाइएको र टाउको नभएको शव आइताबार साँझ फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार शव कपिलवस्तुको महाराजगन्ज नगरपालिका–६ भलवारीका २७ वर्षीय शिव कुमार कुर्मीको रहेको खुलेको छ । मृतक कुर्मी गत शनिबार साँझदेखि सम्पर्कविहीन भएका थिए । पारिवारिक श्रोतका अनुसार नजिकै घुमेर आउँछु भनेर घरबाट निस्केका उनी सम्पर्कविहीन भएका थिए ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको शवलाई मृतकका भाइले सनाखत गरेका हुन् । शरीरको केही भाग जलेको भएपनि कपडाले आफ्नै छोरा रहेको मृतकका बुवा रामपति कुर्मीले बताउनुभयो । शवलाई पोस्टमार्टमका लागि सोमवार बुटवल लगिएको थियो । शवको सनाखत भएपछि प्रहरीले घटनाको अनुसन्धान सुक्ष्मरुपले गरेको प्रहरी उपरीक्षक पौडेलको भनाइ छ । घटनाको कारण र अभियुक्त चाँडै कानुनको दायरामा आउने उहाँले बताउनुभयो ।
उहाँका अनुसार शवको टाउको भने अझै फेला परेको छैन । शव गाडिएको स्थलदेखि अढाई सय मिटर उत्तरतर्फको खेतमा समेत रगत देखिएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया