

कपिलवस्तुमा सामूहिक करणी मुद्दाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ



कपिलवस्तु । कपिलवस्तु प्रहरीले जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादीलाई ८ वर्ष पछि पक्राउ गरेको छ । कपिलवस्तुको साविक पकडी गाबिस, ४ हाल मायादेवी गाउँपालिका वडा नम्बर १ घर भएका ४३ बर्षीय धर्मेन्द्र केवटलाई घटनाको ८ बर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको हो ।
सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक राजिब श्रेष्ठको टोलीले केवटलाई पक्राउ गरेको हो । २०७२ माघ २६ गते केवटसहित ५ जना युवाहरुले सामुहिक बलात्कार गरी त्यसको भिडियो बनाई सामाजिक संजालमा राखेका थिए ।
२० बर्षीय युवतीलाई जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो । घटनामा मायादेवी गाउँपालिका पकडी पिर्चुखीका राहत हुसैन, अब्दुल रसिद मुसलमान, मोनु चौधरी, धर्मेन्द्र केवट र कलामुद्धिन मुसलमानलाई सामूहिक बलात्कार घटनामा दोषी ठहर गरेको थियो ।
भारत घर भई आफ्नो मामा घर पकडी बस्ने बर्ष २० कि युवतीको फुपुको घर बाँसखोर विमिहा जाने क्रममा २०७२ साल माघ २६ गते पिर्चुखी स्थित मर्थी खोला नजिकै नियन्त्रणमा लिई सामूहिक बलात्कार भएको थियो ।
बलात्कार पश्चात् युवतीको नग्न भिडियो समेत बनाई सामाजिक संजालमा हालिएको थियो । सोहि आधार तथा प्रमाण अनुसार प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरि मुद्धा दायर गरेको थियो ।
पक्राउ परेका केवटलाई मंगलबार अदालत हाजिर दाखिला गरिएको प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले बताए । जिल्ला अदालत कपिलवस्तुको २०७५ असोजमा गरेको फैसलाले जबरजस्ती करणी मुद्दामा संलग्न पाँच जनालाई ११ वर्ष कैद र १र१ लाख जरिवाना तोकेको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया