

साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या आरोपमा प्रहरी जवान पक्राउ



दाङ । साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीलाई श्रीमती टीका विक र छोरा शुशान्तको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो। उनले घोराहीस्थित एक होटलमा श्रीमती र छोराको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) जनकबहादुर मल्लले बताए।
रोल्पाको रुन्टिगढीका पिमलाल श्रीमती र छोरा सहित गएराति घोराहीस्थित होटेलमा बास बसेका थिए। प्रहरीका अनुसार, श्रीमती र छोरा शनिबार मात्रै रोल्पाबाट घोराही आएका थिए।
पिमलालले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेको डीएसपी मल्लले जानकारी दिए। पिमलाल आफै जिल्ला प्रहरी कार्यालय पुगेर आफूले हत्या गरेको जानकारी गराएको डीएसपी मल्लको भनाइ छ।
“मैले श्रीमती र छोराको हत्या गरेँ भनेर प्रहरी जवान पिमलाल नेपालीले कार्यालयमा आएर भनेका थिएका छन्,” डीएसपी मल्लले भने, “पछि उनले भनेको होटेलमा गएर हेर्दा श्रीमती । छोराको शव कोठामा फेला परेको छ।”
किन हत्या गरे भने खुल्न बाँकी छ। पिमलाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया