

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको अरुण चौधरी सहित तिन जना प्रकाउ


काठमाण्डाै : काठमाण्डौको बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
व्यापारी अरुण चौधरी, कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र आम्रपाली कन्ट्रक्शनका सञ्जय ठाकुर पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई आज दिउँसो काठमाण्डौबाट पक्राउ गरेको हो ।
चौधरी अर्बपति व्यापारी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन् । चौधरी र थापाले २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउन थालेको र अहिलेसम्म १० रोपनी जग्गा हडपेको आरोप छ ।
१५ महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको थियो । तर अख्तियारको अनुसन्धान अघि नबढेपछि सीआईबीले पनि यो विषयमा अनुसन्धान अघि बढाएको थियो । यो जग्गाको भाउ अहिले एक अर्ब रुपैयाँभन्दा धेरै हुन सक्ने प्रहरी स्रोतले जनाएको छ । अहिलेसम्मको अध्ययनअनुसार गैरकानुनी तरिकाले उनीहरूले सरकारी जग्गा हडपेको प्रष्टै देखिएको सीआईबीले जनाएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया