

रुस–युक्रेन युद्धकाबीच अमेरिकी हतियारको माग बढ्दो

एजेन्सी : रुसले युक्रेनमा आक्रमण गरेयता विश्व बजारमा अमेरिकी हातहतियारको माग बढेको छ । सन् २०२३ मा अमेरिकाले सीमापार बजारमा २ खर्ब ३८ अर्ब डलर बराबरको हतियार बेचेको छ ।
अमेरिकी सरकारको प्रत्यक्ष संलग्नतामा ८१ अर्ब डलरको हतियार बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा ५६ प्रतिशतले धेरै हो । बाँकी हतियार भने अमेरिकी रक्षा उपकरण निर्माता कम्पनीहरूले बेचेका छन् । अमेरिकाले बेचेको हतियारको ठूलो हिस्सा युक्रेनको छिमेकी पोल्याण्डले किनेको छ ।
गएको वर्ष पोल्यान्डले १२ अर्ब डलर बराबरको सैन्य हेलिकप्टर किनेको थियो । शक्तिशाली रकेट प्रणालीका लागि पोल्याण्डले १० अर्ब डलर तिरेको छ भने ३ अर्ब ७५ करोड डलर युद्धपोतका लागि खर्च गरेको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया