

युनाइटेडमा जीवन विज्ञान कार्यशाला सञ्चालन



कपिलवस्तु । वाणगङ्गा नगरपालिका वार्ड न ८, चप्परगाँउमा स्थित युनाइटेड स्टुडेन्ट्स एकेडेमी माध्यमिक विद्यालयले जीवन विज्ञान कार्यशाला गरिएको छ । बुधवार विद्यालयको सभाहलमा एक समारोहका बिच विद्यार्थी अभिभावक शिक्षक केन्द्रित जीवन विज्ञान कार्यशाला गरिएको हो ।
विद्यालयले राष्ट्रिय परीक्षा बोर्ड द्वारा २०८० मा लिइने माध्यमिक शिक्षा परीक्षा एस ई ईमा सहभागि हुने विद्यार्थी र उनीहरूका अभिभावक तथा उक्त तहमा अध्यापनरत विषयगत शिक्षकहरूलाई उपस्थिति गराएर जीवन विज्ञान कार्यशाला गरेको विद्यालयले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एस ई ई परीक्षा तालिका सँगै अबका २ महिना सम्ममा विद्यार्थीहरूको उच्चतम् तयारी सहित उत्कृष्ट नतिजा हासिलका लागि अभिप्रेरणा गर्नको लागि कार्यशाला गरिएको विद्यालयका प्राचार्य कृष्ण के। सि। ले जानकारी दिए । प्राचार्य के। सि ले बालबालिकाको गुणस्तर सिकाइ विकास तथा उत्कृष्टताका लागि विद्यालयले विविध कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भ उल्लेख गर्दै बालबालिकाहरूको उत्कृष्ट नतिजा हासिलका लागि विद्यार्थी, अभिभावक र शिक्षकहरूले सम्पादन गर्नुपर्ने भूमिकाका बिभिन्न आयामहरूको विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
उक्त कार्यशालामा विद्यार्थी र उनका अभिभावकहरूको जिम्मेवारी, विषयगत शिक्षकहरूको सत्प्रयास एवम् विद्यार्थी, अभिभावक तथा शिक्षक बिचको त्रिकोणात्मक सम्बन्ध एवम् प्रयासलाई उत्प्रेरक मनिष मित्रले सहजिकरण गर्नु भएको थियो ।
उक्त कार्यशालामा विद्यार्थीहरू एस ई ई मा लक्षित गरिएका प्राप्ताङ्क, शिक्षकहरूको विषयगत जिम्मेवारी अनुरूप लक्षित अपेक्षा र हाल सम्म सम्पन्न गरिएका त्रैमासिक परीक्षाका तथा सिकाइ गतिविधि, विद्यार्थीहरूको उपलब्धि स्तर र लक्षित गरिएका हासिल उपलब्धि विषय सन्दर्भमा सघन समीक्षा समेत गरिएको थियो ।
कार्यक्रममा विषयगत शिक्षकहरूबाट विद्यार्थीहरूको विषयगत उपलब्धि स्तरको प्रस्तुति, विद्यार्थीहरूबाट सिकाइ अवस्था, अभिभावकवर्गबाट बालबालिकाको घरको स्व अध्ययन एवम् वातावरण व्यवस्थापनका बारेमा जानकारी समेत गराइएको छ । विद्यालयका लेखा प्रमुख प्रेमनारायण पाण्डेको स्वागत रहेको कार्यक्रमको सञ्चालन सहायक प्राचार्य राजु अधिकारीले गरेका थिए ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया