नेपाल मगर संघ संयुक्त ईकाई समितिलाई उद्घोषण तालिम

नेपाल मगर संघ संयुक्त ईकाई समिति वाणगंगा नगरपालिका वडा नम्बर ३ र ४ कपिलवस्तुको ५दिने पत्रकारीता तथा उद्घोषण तालिम सम्पन्न भएको छ । नेपाल मगर संघ लुम्बिनी प्रदेशका सचिव कुल प्रसाद सोमैले प्रदेशमा मगरको संख्या धेरै भएको बताउदै हरेक कार्यलयमा मगरको कामकाजको भाषा हुनु पर्ने बताउनु भयो । आफ्नो मात्री भाषालाई जोगाउनु पर्ने बताउदै आफ्नो मगर समुदायको हरेक धर्म संस्कृति बचाउनु पर्ने बताउनु भयो । साथै उहाँले मगर महिलाहरुलाई आफ्नो क्षमता विकास बढाएर अगाडि बढ्नु पर्ने बताउनुभयो । साथै स्थानीय निकाय देखि हरेक क्षेत्रमा मगरहरुको पनि उल्लेखनीय सहभागी हुनु पर्ने बताउनु भयो ।

नेपाल मगर संघ जिल्ला सदस्य तथा ईकाई समितिका सल्लाहकार झमन बाहादुर सोमैले सहभागीहरुलाई तालिमबाट सिकेका कुरा अभ्यासमा प्रयोग गर्नु पर्ने बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

बुद्धिजीवी खेमबाहादुर गाहा, विष्णु कुमार थापाले बोल्दै समाजमा हुने हरेक कार्यक्रममा आफ्नो भुमिका महत्त्वपूणका साथ निर्वाह गर्न सहभागीहरुलाई आग्रह गर्नु भयो ।

मगर विद्यार्थी नेता धनवाहादुर गाहाले यस्ता तालिमले व्यक्तित्व र नेत्रित्व विकास हुने बताउनुभयो । यता वडा नम्बर ४ का मगर महिला अध्यक्ष प्रेमकला थापाले बोल्दै सिकेका कुरा व्यवहारमा लागू गर्नु पर्ने बताउनु भयो ।

तालिममा सहभागी मुना राना,सीता झेडि,विनोद थापा, स्वेता दर्लामि गाहा लगायतले बोल्दै सहभागीहरुले तालिममा सिकेका कुरा आफ्नो जिन्दगी संग धेरै मिलेको बताउदै यस्ता तालिमले महिलालाई बोल्न सक्षम बनाउने, आत्मबलको विकास हुने बताउनु भयो । साथै तालिम तालिम मात्रै नभएर सीप सिक्ने र बोल्ने बानिको विकास हुने समेत बताउनु भयो । तालिमको प्रशिक्षक पत्रकार पुर्णचन्द्र परियार र मिना राना मगरले गर्नु भएको थियो । भने तालिममा महिला र पुरुष गरि २५जनाको सहभागी रहेको थियो ।

संस्थाका ईकाई अध्यक्ष हेमबाहादुर गाहाको अध्यक्षता,संस्थाका उपाध्यक्ष धनराज झेडिको स्वागत मनतव्यमा भएको कार्यक्रममाको सञ्चालन संयुक्त एकाई समितिका सचिव मुक्त पुलामीले गर्नु भएको थियो । नेपाल मगर महिला तथा संयुक्त वडा ईकाई समिति कपिलवस्तुले कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया

खबर सबै