

लिजेण्ड फुटबलर बेकनबाउरको निधन

काठमाडौँ : जर्मनीका लिजेण्ड फुटबलर फ्रान्ज बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । बेकनबाउर पछिल्लो समय मुटुको समस्याबाट पीडित थिए ।
जर्मनीका पूर्व सेन्टर ब्याक बेकनबाउरले सन् १९७४ मा पश्चिम जर्मनीका लागि खेलाडीको रुपमा विश्वकप जितेका थिए भने सन् १९९० मा पश्चिम जर्मनीको तर्फबाट प्रशिक्षकको रुपमा विश्वकप जिताएका थिए ।
उनी खेलाडी र प्रशिक्षकको रूपमा विश्वकप फुटबल जित्ने ३ व्यक्तिमध्ये एक हुन् । उनको कप्तानीमा तत्कालीन पश्चिम जर्मनीले सन् १९७४ मा नेदरल्यान्ड्सलाई फाइनलमा पराजित गरी विश्वकप जितेको थियो । उनी प्रशिक्षक रहँदा पश्चिम जर्मनीले सन् १९९० मा अर्जेन्टिनालाई फाइनलमा पराजित गरेको थियो ।
उनले जर्मन राष्ट्रिय टोलीबाट १०३ खेल खेलेका थिए । उनकै नेतृत्वमा जर्मनीले २००६ को विश्वकप भव्य रूपमा सफल आयोजना गरेको थियो ।
खेलाडी र प्रशिक्षकको रूपमा उपाधि जित्ने अर्का दुई मारियो जगालो र डिडियर डेसच्याम्पस हुन् । जगालोको ९२ वर्षको उमेरमा शुक्रबार मात्र निधन भएको थियो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया