

भविष्यमा काेराेना जस्ता महामारी आइपर्न सक्छन्, तयारी अवस्थामा रहाैँ : डब्ल्यूएचओ


एजेन्सी : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भविष्यमा आइपर्न सक्ने काेराेनाजस्ता महामारीसँग लड्न तयारी अवस्थामा रहनुपर्ने जनाएकाे छ ।
डब्ल्यूएचओले विश्वले तीन वर्षमा कोभिडका कारण निम्तिएकाे सङ्कट, पीडा र नोक्सानी भाेगेकाे जनाउँदै अब भविष्यमा आइपर्न सक्ने यस्ता महामारीसँग लड्न तयारी गर्नुपर्ने जनाएकाे हाे ।
डब्ल्यूएचओले सन् २०२३ मा प्रमुख स्वास्थ्य चुनौतीहरू निम्तिएका जनाएकाे छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले सन् २०२३ ले स्वास्थ्य क्षेत्रमा आएका सङ्कटसँग लड्न बलियो आधार तय गरेको बताउनु भएकाे छ ।
गेब्रेयससले गएको मे महिनामा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्कालका रूपमा कोभिड–१९को अन्त्य भएकाे घोषणा गर्नुभएको थियो ।
उहाँले अझै पनि हैजालगायत ४० वटाभन्दा धेरै प्रकोपहरूसँग लड्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले अन्य प्रकारका महामारी रोक्नका लागि विश्वको तयारी अपुग रहेकाे बताउनु भएकाे एएफपीमा उल्लेख छ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया