५ औं माघी खिचडी महोत्सव २०८० काे निम्ताे

थारु कल्याणकारीणी सभा वाणगंगा नगर कार्य समितिले माघी महोसत्व गर्ने उदेश्यले सोम्बार भेला सम्पन्न गरेको छ । विगतका वर्षहरुमा जस्तै थारुहरुको माहान चार्डको अवसर पारेर कार्यक्रम आयोजना गरेको नगर कार्य समितिका अध्यक्ष नाथुराम थारुले बताउनु भयो । उहाँले आफनो धर्म, संस्कृतिलाई सधैब बचाई राख्नु पर्ने बताउनु भयो । ५ औं माघी खिचडी महोत्सव २०८० यहि माघ २, ३ र ४ गते वाणगंगा नगरपालिकाको वडा नम्बर ११ शिवरात्री मेला स्थल हथौसामा लाग्ने जनाईएको छ । जसका लागि नाथुराम थारुको अध्यक्षयतामा १ सय १ सदस्य मुल आयोजक समिति गठन भएको छ । कार्यक्रममा रक्तदान कार्यक्रम, डेलवा दौड र एस.इ.इ र १२ उत्कृष्टि नम्बर ल्याएका गरिब तथा जेहेन्दार थारु विद्यार्थीहरुलाई सम्मान गरे अध्यक्ष थारुले बताउनु भयो । साथै भेलामा थाकासका केन्द्रिय पार्षद उमाशंकर थारु र झगरु प्रसाद थारुले बोल्दै थारुहरुको पहिचान, भेषभुसा बचाउनु पर्ने बताउदै यसका लागि सबै थारु समुदाय एकताबद्ध हुनु पर्ने बताउनु भयो ।

नगर कार्य समितिका अध्यक्ष नाथुराम थारुको अध्यक्षता, उपाध्यक्ष रिसिराम थारुको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव सिर्जना थारुले गर्नु भएको थियो । उक्त कार्यक्रममा थाकासका जिल्ला उपाध्यक्ष भग्गु प्रसाद थारु, सचिव सन्तराम थारु, सल्हकार गणेश कुमार थारु,वडा सदस्यहरु चन्द्रवति थारु,चिन्कु थारु,बुद्धु थारु,नैन कुमारी थारु, नुमलाल थारु, जुना थारु साथै बुद्धिजिबि, शिक्षक विद्याथी युवा लगायतको सम्पन्न भएको थियो । भेलाले गत वर्षको माघी खिचडी महोसत्वको आर्यव्याय समेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

खबर सबै