

जनसेवा आधारभूत विद्यालयमा सामाजिक परीक्षण सार्वजनिक




कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित जनसेवा आधारभूत विद्यालयले विद्यालयको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम गरेको छ । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालयले आर्थिक वर्ष २०७९/०८० को सामाजिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।
सामाजिक लेखा परीक्षण समितिका संयोजक शैलेन्द्र बेल्वासेको अध्यक्षतामा आयोजित कार्यक्रममा बाणगंगा नगरपालिका शिक्षा शाखा प्रतिनिधि इश्वरा अधिकारीको विशिष्ठ आतिथ्यतासहित मोर्मी टोलविकास संस्था र ढोडेकोल टोल विकास संस्थाका अध्यक्षहरु, विद्यालयका निवर्तमान विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु, विभिन्न तहका कक्षामा अध्ययनरत विद्याथीृहरु लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेको स्वागत तथा सामाजिक लोखा परीक्षण समितिका सदस्य शिक्षक राजेन्द्र खनालको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विद्यालय सेवा क्षेत्रका विभिन्न निकायका सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया