

कपिलवस्तु महोत्सवमा वक्तृत्वकला प्रतियोगिता, जनता मावि बन्यो प्रथम




कपिलवस्तु । १४ औँ कपिलवस्तु महोत्सवमा मंगलबार विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न कला प्रर्दशनीसँगै महोत्वसमा विभिन्न प्रतियोगिताहरु समेत भइरहेका छन् । सम्पन्न प्रतियोगितामा जनता माबी पिपरा प्रथम भएको छ भने होराइजन माबी द्वितीय र महेन्द्र माबी कोपवा तृतीय भएका छन ।
बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा बाणगंगाको बुद्ध रंगशालामा मंसिर २१ देखि जारी १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको शैक्षिक कार्यक्रम अन्तर्गत वक्तृत्कला प्रतियोगिता सम्पन्न भएको हो ।
प्रदर्शनीमा विभिन्न शैक्षिक कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिएका छन् ।
‘युवा स्वरोजगारको बलियो आधार, उद्योग व्यापार पर्यटन तथा कृषि क्षेत्रको संरक्षण र विस्तार’ विषयक वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालय पिपराका रोविन बराल प्रथम, होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयकी संयुक्ता डुम्रे द्वितीय, महेन्द्र मा।वि। कोपवाकी सुजाता गिरी तृतीय र बाल मा।वि। बैरियाकी श्रेया पौडेल शान्त्वना भएकी थिइन ।
प्रतियोगिताको निर्णायक मण्डलमा यदुनाथ पन्थ, हुमकान्त बस्याल, कृष्ण प्रसाद घिमिरे रहेका थिए । बाणगंगा नगरका १० वटा सामुदायिक तथा नीजि विद्यालयको प्रतियोगितामा सहभागिता रहेको महोत्सवका शैक्षिक संघ संस्था समन्वय उप–समिति संयोजक बासुदेव घिमिरेले जानकारी दिए ।
घिमिरेले विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण–पत्र महोत्सव समापनको दिन पुष १ गते प्रदान गरिने बताए । घिमिरेले २७ गते बुधबार विद्यालय स्तरीय एकल लोक गायन प्रतियोगिता राखिएको समेत जानकारी दिए ।
घिमिरेले कक्षा ५ देखि माथिका किशोर किशोरीहरुलाई लक्षित गरी अध्यात्मिक गुरु डा।चिन्तामणिनाथ योगी अमेरिकी सिनेटलाई सम्बोधन गर्ने पहिलो नेपाली महोत्सव स्थलमा मंसिर २९ गते शुक्रबार विहान ११ः०० बजेदेखि सँस्कार र २१ औं शताब्दी सुहाउँदो प्रविधि सम्बन्धी १ दिने उत्प्रेरणात्मक प्रवचन, अनुभव बारेमा प्रवचन दिने कार्यक्रम समेत आयोजना गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया