

पाल्पामा २ मोटरसाइकल ठोक्किंदा ५ जना घाइते, ३ जना गम्भीर



पाल्पा : पूर्वी पाल्पाको रामपुरमा दुई वटा मोटसाइकल एक आपसमा ठोक्किंदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
रामपुर-१० अदमाराका १६ वर्षीय आकाश सारु, सोही स्थानका १७ वर्षीय सुदिप सिंजालीमगर, स्याङ्जाको चापकोट –९, का १९ वर्षीय विदुर भण्डारी, सोही स्थानका १९ वर्षीय सुदिप भण्डारी र सोही स्थानका ६ वर्षीय बालक एलएस भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
घाइतेहरूमध्ये आकाश, विदुर र सुदिपको अवस्था गम्भीर रहेको र सबै घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको उनले बताए ।
सोमबार बेलुका रामपुर–१० बर्दलेबाट रामपुर बजारतर्फ गइरहेको लु२१प ५८४४ नम्बरको मोटरसाइकल र रामपुरतर्फ नै गइरहेको लु२१प ९९०२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
घटनाबारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया