

भारतका धनाढ्य मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की

एजेन्सी
भारतीय अर्बपति मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ।
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष समेत रहेका मुकेश अम्बानीलाई पैसा माग्दै ज्यान मार्ने धम्की आएको बिबिसीले लेखेको छ।
मुम्बई पुलिसका अनुसार एक अनजान व्यक्तिले इमेलमार्फत् मुकेश अम्बानीसँग बीस करोड भारू मागेका छन्। उक्त पैसा नदिए ज्यान मार्ने धम्की उनलाई दिएका हुन्।
ती व्यक्तिले पठाएको इमेलमा भनिएको छ, ‘तिमीले हामीलाई बीस करोड रूपैयाँ (भारू) नदिए हामी तिम्रो ज्यान लिनेछौं। हामीसँग भारतका एकदमै राम्रा सुटर (गोली हान्ने व्यक्ति) छन्।’
मुकेश अम्बानीलाई यो धम्की अक्टोबर २७ मा शादाब खान नामको व्यक्तिको इमेलबाट आएको बिबिसीले उल्लेख गरेको छ।
मुम्बई पुलिसले गामदेवी थानामा आइपिसी धारा ३८७ र ५९६ (२) अन्तर्गत यो मामिला दर्ता गरेको छ।
भारतकै धनाढ्य मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको यो पहिलोपटक होइन। गत वर्ष मुम्बई पुलिसले मुकेश अम्बानी र उनको परिवारलाई पनि धम्की दिने व्यक्तिलाई बिहारबाट पक्राउ गरेको थियो।
ती व्यक्तिले मुकेश अम्बानीको घर र रिलायन्स फाउन्डेसन अस्पताललाई बमले उडाउने धम्की दिएका थिए।
त्यसअघि सन् २०२१ मा अम्बानीको घरनजिकैबाट विस्फोटक पदार्थले भरिएको एउटा एसयुभी गाडी पनि फेला परेको थियो।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया