

दाङको ग्वारखोलामा डुबेर बालिकाको मृत्यु




दाङ । खोलामा डुबेर दाङमा एक बालिकाको ज्यान गएको छ । जिल्लाको राजपुर गाउँपालिका बस्ने ७ वर्षीय बालिका समीक्षा खड्काको ग्वारखोलामा डुबेर मृत्यु भएको हो ।।
जिल्लाको राजपुर गाउँपालिका–१ गुरुङ खोला घर भई तुलसीपुर उपमहानगरपालिका(७ स्थित मामा घरमा बस्दै आएकी ७ वर्षीया समीक्षा खड्काको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको प्रहरीले ज नाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार आइतबार दिउँसो साढे २ बजेतिर नुहाउन गएकी खड्काको ग्वारखोलाको खाडलमा परी डुबेर मृत्यु भएको बताए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले समीक्षा, उनका भाइ, मामाका छोरा, ठूली आमाका छोरासहित चार जना दिउँसो ग्वारखोलामा नुहाउन गएका थिए।
समीक्षा तुलसीपुस्थित मामा घरमा बसेर पढ्दै आएकी थिइन्। आमा धान काट्न गएको बेलामा बालबालिका नुहाउन खोलामा पुगेको प्रहरीले बताएको छ।
समीक्षा लगायत बालबालिका मामाको घरदेखि झन्डै ६ मिटर टाढाको खोलामा नुहाउन गएको प्रहरीले बताएको छ। तुलसीपुर–७ र १६ को सीमानामा पर्ने ग्वार खोलाको मलवारे कुलोको बाँध नजिकै खोला जन्य पदार्थ उत्खनन गरेको खाल्डोमा नुहाउने क्रममा बालिका डुबेकी प्रहरीले बताएको छ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया