

कपिलवस्तुका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ



कपिलवस्तु । कपिलवस्तुबाट प्रहरीले लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगर जस्तो देखि पदार्थसहित छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको जनाएको हो ।
जिल्लाको शुद्धोधन गाउँपालिका–३ लवनी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ३० मिलिग्राम, नगद ६९ हजार ५ सय रुपैयाँ र मोबाइल १ थानसहित पाल्पाको तानसेन नगरपालिका–१ मौरीगाउँ बस्ने ३३ वर्षीय विवेक खातीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ११ प्रोजेक्ट टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय मिलिग्रामसहित रूपन्देहीको बुटवल उपमहानगरपालिका–६ बस्ने ३६ वर्षीय युगल भट्टराईसहित ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले बा.२० च ९८३२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया