

विश्व शिक्षक दिवस : बाणगंगाको एक विद्यालयमा विद्यार्थीले गरे शिक्षक सम्मान



कपिलवस्तु । आज विश्व शिक्षक दिवस, नेपाल सहित विश्वभर दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँएको हो ।
दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ उदयपुर मोर्मी स्थित जनसेवा आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई शिक्षकहरुप्रति सम्मान प्रकट गरेका छन् । विद्यालयमा गठित बाल क्लवको आयोजनामा कार्यरत शिक्षकहरुलाई एक कार्यक्रमका बिच टिका लगाएर सम्मान गरिएको हो । यस्तै विद्यार्थीहरुलाई शिक्षकहरुको सम्मानमा विद्यालयमा मायाको चिनो समेत प्रदान गरेका थिए ।
जनसेवा बाल क्लवका अध्यक्ष खुस्बु थारुको अध्यक्षतामा अयाोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेको प्रमूख आतिथ्यता सहित शिक्षकहरुको आतिथ्यता रहेको थियो भने कक्षा ८ मा अध्ययनरत छात्रा सिर्जना घर्तीको संचालनमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ : शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ भन्ने नारालाई सार्थक पार्न दिवसका अवसरमा शिक्षकहरुलाई सम्मान गरिएको बताएका छन् । समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि विश्व शिक्षक दिवस मनाउन थालिएको हो ।
उता नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गराउन दबाब दिन सबै शिक्षक र कर्मचारीमा सफलता मिलोस् भनी दिवसको शुभकामना दिएको छ ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया