

थारु बहुल क्षेत्रमा अटवारी पर्वको रौनक

दाङ । थारु समुदायमा मौलिक पर्व अटवारीको रौनक सुरुभएको छ । लुम्बिनी प्रदेश सरकारले ३१ गते आइतबारका लागि दाङ, बाँके र वर्दिया जिल्लामा सार्वजनिक विदा दिएको छ ।
थारु पुरुषहरुले मुख्यगरी व्रत बसी मनाइने अटवारी पर्व थारु समुदायको महान पर्व हो । अटवारीको अघिल्लो दिन भिन्सर्या (अघिल्लो मध्यराति) मा दर खाने गरिन्छ । आइतबार दिउँसो रोटी पकाउने गरिन्छ । रोटी पकाउन शुद्ध आगोको प्रयोग गरिन्छ ।
यो आगो नफुकेरै सकेसम्म माघी पर्वसम्म जोगाएर राख्ने चलन रहेको थारु अगुवाहरुको भनाइ छ । आज शनिबार राति दर खाएपछि आइतबार दिनभरी व्रत बस्ने सो समुदायमा परम्परा छ । साँझ अटवारी परिकार खानुअघि आफ्ना दिदीबहिनीका लागि केही भाग निकाल्ने र आगोको पूजा गरिन्छ । अटवारीमा रोटी, केरा, अम्बा, काक्रो, फलफूल, सर्वत र दही खाने गरिन्छ ।
अटवारीको भोलिपल्ट सोमबार बिहान नुहाएर खाना पकाउन सुरु गरिन्छ । खाना तयार भएपछि दाइभाइले दिदीबहिनीका लागि आफनो खानाबाट अग्रासन वा केही भाग छुट्याउँछन् । सोही दिन अथवा सोमबार विवाहित दिदीबहिनीको घरमा अग्रासन दिन जाने परम्परा रहेको छ ।
खासगरी पश्चिम तराईका थारु समुदायले अटवारी पर्व धुमधामका रुपमा मनाउँछन् । पूर्वका थारु समुदायले यसै पर्वलाई रैव पर्वको रुपमा मनाउने गर्छन् । खासगरी सूर्य भगवान र महाभारतका एक मुख्यपात्र भीम (भेवाँ), पाँच पावण्डवको पूजागरी अटवारी पर्व मनाइने गरेको थारु अगुवाहरुको भनाइ छ ।
गोरखापत्रबाट ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया