

चीनको नयाँ नक्साले हिन्द–प्रशान्त क्षेत्रमा तनाव बढाउँदै



एजेन्सी
चीनले हालै जारी गरेको राजनीतिक नक्साले हिन्द–प्रशान्त क्षेत्रका देशको सार्वभौमसत्ता संरक्षणमा तनाव बढाउन थालेको सुरक्षा विश्लेषकहरूले बताएका छन् ।
चीनको निर्णयले द्वन्द्व भड्काउने अवस्था देखिएको भन्दै उनीहरुले चीनले नक्सा सच्याउनु उचित हुने सुझाव दिएका समाचारसंस्था एएनआईले जनाएको छ । चीनको नयाँ नक्सामा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियानका सदस्य देशहरु रुष्ट भएका छन् ।
चीनका एसियाली प्रतिद्वन्द्वी जापान र भारतले पनि असन्तुष्टि जनाएका छन् । नक्सा जारी गरेको केही समयमै चीनले आसियान देशका डुङ्गा र पानीजहाजमा अवरोध गरेको छ । भारत र जापानले नक्साको विरोध गर्दै चीनलाई औपचारिक पत्र पठाइसकेका छन् ।
आसियानका पाँच सदस्य मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम र ब्रुनाईले सार्वजनिक वक्तव्य निकालेर चीनको आलोचना गरेका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया