

वृक्षारोपण संगै देशकै पहिलो वडा समितिः नेपाल स्वयंसेवक संघ


पवनराज पाण्डे / कपिलवस्तु :
राष्ट्रका लागि जागौ भन्ने मुल नाराका साथ नेपाल स्वयंसेवक संघ कपिलवस्तु जिल्ला, बाणगंगा नगर समितिद्वारा वडा कमिटि गठन गरेको छ । नेपाल स्वयंवेयक संघको यो देशभरबाट पहिलो वडा कमिटि रहेको जनाएको छ । वडा स्तरीय नव समिति गठन कार्यक्रममा वृक्षारोपण सहित वाणगंगा ९ भलवाडमा समिति गठन गरेको हो ।
आयोजित कार्यक्रममा नेपाल स्वयम्सेवक संघ नेपालका केन्द्रिय अध्यक्ष खेमराज पौडेलको प्रमुख आतिथ्यता साथै जिल्ला आर्थिक संयोजक पवनराज पाण्डे, भलवाड स्वास्थ्य चौकी प्रमुख जित विकास रायमाझी, नगर सचिव कल्पना कुवर खत्री, कोषाध्यक्ष मनकला गिरी लगायतको आतिथ्यतामा नव वडा समिति गठन सगै भलवाड स्वास्थ्य चौकीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
९ सदस्यीय वडा स्तरीय समितिको अध्यक्षमा गोपाल गिरी सहित उपाध्यक्षमा भिम ब. पुन, सचिवमा नुमलाल थारु ,स–सचिवमा कबिता पौडेल, कोषाध्यक्षमा राधा बेल्बासे र सदस्यहरूमा केशरा गुरुङ, राधा खनाल, शोभाखर खनाल लगाएत रहेका छन् ।
नव गठित पदाधिकारीहरूलाई प्रमुख अतिथि नेपाल स्वयम्सेवक संघ नेपालका केन्द्रिय अध्यक्ष खेमराज पौडेल, जिल्ला आर्थिक व्यवस्थापन समिति संयोजक पवनराज पाण्डे, नगर सचिव कल्पना कुवर खत्री, कोषाध्यक्ष मनकला गिरी लगाएत कार्यक्रमलाई सम्बोधन गर्दै सफलताको शुभकामना मन्तव्य दिएका थिए, त्यस्तै संघका केन्द्रीय अध्यक्ष समेत रहेका खेमराज पौडेलले देशभर एकैसाथ ७५३ वटा पालिकामै सञ्चालित समिति गठन विस्तारै गति बताएका छन् । आज देशको पहिलो वडा सफलता पुर्वक गठन, साथैे नेपाल स्वयम्सेवक संघको उदेश्य माथि पौडेलले प्रकाश पारेका थिए ।
नेपाल स्वयंसेवक संघका नगर अध्यक्ष सरीता देवी ढकालको अध्यक्षतामा, कोषाध्यक्ष मनकला गिरीको स्वागत मन्त्व्य तथा कल्पना कुवर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया