

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प २ लाख डलरको जमानतमा रिहा

एजेन्सी
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जमानतमा रिहा भएका छन् । जर्जिया राज्यको फुल्टन काउन्टी जेल चलान भएका उनी केहीबेरमै २ लाख डलरको जमानतमा रिहा भएका बीबीसीले जनाएको छ ।
फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेपछि उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको थियो । त्यहाँ उनकाे औँठाछाप लिइएको र मगशट (अनुहारको तस्बिर) भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिचिएको थियो । लगत्तै त्याे फोटो सार्वजनिक गरियो थियो । फोटो खिचिसकेपछि उनी २ लाख डलरको जमानतमा रिहा भएका खबरमा उल्लेख छ ।
अमेरिकामा यस्तो मगशट जारी हुनेमा ट्रम्प पहिलो पूर्व राष्ट्रपति बनेका छन् । सन् २०२० को राष्ट्रपतीय चुनावमा धोखाधडी भएको आरोप लगाउँदै उनले गरेका काम र दिएका अभिव्यक्तिहरूलाई लिएर उनीमाथि झुटो बोलेको तथा मिलीभगत अपराध गरेका १३ अभियोग लागेका छन् । तर, उनले ती सबै अभियोग राजनीतिक पूर्वाग्रह प्रेरित भएकाे भन्दै अस्वीकार गर्दै आएका छन् ।
फुल्टन काउन्टी जेलमा उनलाई सन् २०२० मा जर्जिया राज्यमा भएको उनको चुनावी पराजय उल्ट्याउन खोजेको अभियोगमा ट्रम्पको नाम आधिकारिक रूपमा दर्ता गरिएको छ । ट्रम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो । उनले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् ।
ट्रम्पले आत्मसर्पण गर्न पुगेका बेला जेल बाहिर उनका समर्थकहरुको भिड लागेको थियो । ट्रम्पले आत्मसमर्पण गर्नु अघि उनका पूर्व वकिल रुडी जुलियानी तथा अन्य प्रतिवादीहरूले पनि फुल्टन जेलमा आत्मसमर्पण गरेका थिए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया