

चन्द्रयान तीन चन्द्रमामा पुगेकै दिन ब्रिक्समा प्रधानमन्त्री मोदीको अन्तरिक्ष प्रस्ताव : भारतलाई विश्वभरबाट बधाई



दक्षिण अफ्रिकामा चलिरहेको भारत, ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिकाको संस्था ब्रिक्समा बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष प्रस्ताव पेस गर्नुभएको छ । भारत चन्द्रमामा अवतरण गर्ने चौथो देश तथा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेर इतिहास बनेकै दिन हिजो सम्मेलनमा मोदीको यो प्रस्ताव आएको हो ।
दक्षिण अफ्रिकाको सहर जोहानेसबर्गमा १५औँ ब्रिक्स शिखर सम्मेलनमा मोदीले सम्बोधन गर्नुभयो । भारतको चन्द्रयान–तीन चन्द्रमामा पुग्दा भिडियोमार्फत् उहाँले दक्षिण अफ्रिकाबाटै जोडिएर सम्बोधन गर्नुभएको थियो । चन्द्रयान मिसन भारतको सफल भएपछि अहिले विश्वभरबाट भारतलाई बधाईको ओइरो लागेको छ ।
भारतका विभिन्न सहरमा उत्सव भइरहेका छन् । चन्द्रमाको दक्षिणी ध्रुवमा भारतले आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराएको छ । गएको जुलाई १४ तारिखमा पृथ्वीबाट उडान भरेको चन्द्रयान–तीन, चालिस दिनको यात्रा पूरा गरेर हिजो बेलुका चन्द्रमामा अवतरण गरेको हो । यसअघि अमेरिका, रुस र चीनले इक्वेटर भनिने चन्द्रमाको मध्यरेखा वरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए ।
चन्द्रयान–तीनको एउटा मुख्य उद्देश्य चन्द्रमामा बरफको खोजी गर्नुरहेको छ । यसअघि सन् २०१९ मा भारतले चन्द्रयान–२ अभियानलाई दक्षिणी ध्रुवनजिकै अवतरण गराउने प्रयास गरेको थियो । तर यान दुर्घटनामा परेपछि अभियान विफल भएको थियो ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया