

भारतसँगको पहिलो टी–२० मा आयरल्यान्ड डकवर्थ पद्धतिका आधारमा २ रनले पराजित



काठमाण्डाै
भारतले पहिलो टी–२० मा घरेलु टोली आयरल्यान्डलाई डकवर्थ पद्धतिका आधारमा दुई रनले हराएको छ । जितसँगै तीन खेलको टी–२० शृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । भारतको जितमा कप्तान जस्प्रित बुमराहले उत्कृष्ट प्रदर्शन गरे ।
जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको भारतले ६ ओभर ५ बलमा २ विकेट गुमाउँदै ४७ रन बनाएको अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो । त्यसपछि खेल हुन नसक्दा भारत डकवर्थ पद्धतिको आधारमा विजयी भयो । ऋतुराज गायकवाड १९ रन र सञ्जु स्यामसन १ रनमा अविजित रहे । यशस्वी जैसवाल २४ रनमा आउट भए । आयरल्यान्डका क्रेग योंगले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो ।
आयरल्यान्डका ब्यारी म्याकार्थी ५१ रनमा अविजित रहे । कर्टिस क्याम्फर ३९ रनमा आउट भए । बुमराहले पहिलो ओभरमै दुई विकेट लिएका थिए । उनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । बुमराह खेलको प्लेयर अफ द म्याच भए । रवि विश्रोइ र प्रसिद्ध कृष्णाले समान दुई विकेट लिए । भारत र आयरल्यान्डबीचको दोस्रो खेल भोलि आइतवार र तेस्रो तथा अन्तिम टी–२० खेल बुधवार हुनेछ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया