

फ्रान्सको चर्चित आइफिल टावरमा बम विस्फाेटको चेतावनीपछि दुई घण्टा सेवा बन्द

फ्रान्सको चर्चित आइफिल टावरमा विस्फोटक पदार्थ राखेको चेतावनीपछि खाली गर्नुपरेको छ । चेतावनीपछि आइफिल टावरमा दुई घण्टा सेवा बन्द भएको हो । टावरको सबै क्षेत्रमा परीक्षण गरेपछि आवागमन खोलिएको थियो ।
सेवा खोले पनि त्यहाँ प्रहरी बललाई तैनाथ गरी अवलोकन गर्ने वातावरण बनाइएको छ । चेतावनी दिने समूहबारे थप अनुसन्धान भइरहेको छ । आइफिल राजधानी सहर पेरिसमा रहेको ऐतिहासिक टावर हो । यो टावर हेर्न बर्सेनि लाखौँ पर्यटक आउने गर्छन् ।
यसअघि सन् २०२० को सेप्टेम्बरमा पनि प्रहरीलाई बेनामी फोनबाट टावरमा खतरा रहेको चेतावनी दिएपछि खाली गराइएको थियो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया