

अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता

काठमाण्डाै
अवैधानिक माध्यमबाट अमेरिका पुर्याइएका नेपाली काष्ठकलाका सामग्री फिर्ता भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो ।
वाशिङ्गटन डिसीमा रहेको नेपाली नियोगका अनुसार अवैधरूपमा सन् २०१० मा अमेरिकाको हवाई राज्यमा पुर्याएका ती सामग्री भन्सार तथा बोर्डर प्रोक्टेक्सन (सीबीपी) ले बरामद गरेको हो । यो सामग्री गएको मे महिनाको ११ तारिखमा नेपाली दूतावासलाई हस्तान्तरण गरिएको थियो ।
सन् २०२२ को अप्रिलदेखि अहिलेसम्म नेपालबाट अवैधानिक माध्यमबाट अमेरिका पुर्याइएका ४७ सामग्री नेपाल फिर्ता भइसकेको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया