

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चुनावी नतिजा उल्ट्याउने प्रयासको आरोपमा फौजदारी अभियोग दर्ता



एजेन्सी
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चुनावी नतिजा उल्ट्याउने प्रयासको आरोपमा फौजदारी अभियोग दर्ता भएको छ ।
ट्रम्पमाथि अमेरिकाविरुद्ध षड्यन्त्र, साक्षी छेडछाड र नागरिक स्वतन्त्रता विरुद्ध षड्यन्त्रसहित चार आरोपहरू रहेका बीबीसीले जनाएको छ ।
मुद्दाको प्रतिरक्षाका लागि ट्रम्प आउँदो बिहीवार वासिङ्टन डिसीको अदालतमा उपस्थित हुनुहुने भएको छ ।
पुनः राष्ट्रपतिको उम्मेदवारी प्रस्तुत गर्नुभएका ट्रम्पले भने आफूले केही गलत नगरेको भन्दै आफूमाथि लगाइएको आरोपलाई बकवास भन्नुभएको छ ।
ट्रम्पलाई गोप्य कागजातहरू र आफ्नो बारेमा जानकारी लुकाउन पोर्नस्टारलाई पैसा तिरेको दुई वटा मुद्दामा यसअघि नै अभियोग लगाइएको थियो ।
चुनावी मामिलासँग सम्बन्धित अनुसन्धानले हार र वासिङ्टनको दंगाबीच दुई महिनाभित्र ट्रम्पको गतिविधि के थियो भन्नेमा केन्द्रित बीबीसीले जनाएको छ ।
२०२१ को जनवरीमा जो बाइडेनको विजयपछि ट्रम्पका समर्थकहरूले संसदमा आक्रमण गरेका थिए।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया