

निर्णायक एक दिवसीय क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई दुई सय रनले हरायो



काठमाण्डौ
एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतले वेस्ट इन्डिजलाई दुई सय रनले पराजित गरेको छ । यो सँगै भारतले एकदिवसीय सिरिज २–१ ले जितेको छ ।
भारतले वेस्ट इन्डिजसँग लगातार १४ औँ शृङ्खला जितेको छ । वेस्ट इन्डिजविरुद्ध भारतको यो सबैभन्दा ठूलो जित हो ।
यसअघि सन् २०२२ मा भारतले वेस्ट इन्डिजलाई एक सय १९ रनले पराजित गरेको थियो ।
पोर्ट अफ स्पेनमा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५१ रन बनाएको थियो ।
भारतलाई विशाल स्कोरमा पुर्याउनका लागि शुभमन गिलले ८५ रनको योगदान गरे । त्यस्तै ईशान किसनले ७७ रन बनाए । उनीहरुले एक सय ४३ रनको साझेदारी गरेका थिए । यस्तै सन्जु साम्पसनले ६९ रन बनाए भने हार्दिका पाण्ड्याले ५२ रन बनाए ।
वेस्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा मुकेश कुमारले सात ओभरमा ३० रन दिएर तीन विकेट लिए । त्यस्तै शार्दुल ठाकुरले चार विकेट, कुलदीप यादवले दुई र जयदेवले एक विकेट लिए ।
तीन सय ५२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५ ओभर तीन बलमा एक सय ५१ रन बनाएर अलआउट भयो ।
अब भोलिदेखि ५ वटा टी २० खेल शुरु हुने छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया