

सर्पले टोक्दा तत्काल के गर्ने ? (भिडियो)

गर्मीयाममा सर्पको टोकाइबाट धेरै जना पीडित भएको देखिन्छ । अझ पहाडी क्षेत्रमा भन्दा तराई(मधेशमा सर्पको टोकाइबाट धेरैले समस्या भोगेका छन् । सर्प दुई प्रकारका हुन्छन्, विषालु र विषरहित । विषरहित सर्पले टोकेमा शरीरमा कुनै किसिमको हानि हुँदैन । नेपालमा गोमन, करेत र भाइपर प्रजातिका सर्पले धेरैलाई टोक्ने गरेको पाइनछ । त्यसमा पनि करेत सर्पले टोक्ने धेरैको मृत्यु नै हुने गरेको छ । किनकि यो सर्पले रातको समयमा टोक्ने भएकाले उपचार अभावमा मृत्यु हुन्छ ।पहाडी क्षेत्रमा भाइपरले धेरै टोक्छ । यसले मानिसको मृत्यु नै हुनेभन्दा पनि घाइते भने धेरैलाई बनाएको छ । गोमन र करेत सर्पले टोक्दा न्युरो टक्सिभेनममा असर गर्ने भएकाले मस्तिष्क र स्नायुमा प्रभाव पार्छ । जसकारण मानिसको मृत्यु हुने जोखिम धेरै हुन्छ । सर्पले टोकेपछि आँखा खोल्न गाह्रो हुने, आँखा लट्टिने, खाना खान वा थुक निल्न गाह्रो हुन्छ । भाइपर सर्पमा हेमोटक्सिन हुन्छ, जसले शरीरमा रगतलाई खराब गर्छ । टोकेको ठाउँ सुन्निने, समयमा उपचार भएन भने घाउ बढ्दै बढ्दै जाने र हातखुट्टा काट्नुपर्ने वा अंगभंग हुने जोखिम बढी हुन्छ । नेपालको तराई क्षेत्र सर्पदंशको जोखिम भएको क्षेत्र हो । जहाँ हरेक वर्ष दर्जनौले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका छन् ।धेरैजसो मानिसहरुलाई सर्पले टोक्दा के गर्ने भन्ने कुरा थाहा नै हुँदैन । जसका कारण उपचार नपाएर सावधानी अपनाउन नसकेकाले तथा विषालु सर्पको डसाइका कारण क्षणभरमै ज्यान समेत जाने गर्दछ । सर्पले डसेपछि तत्काल के गर्न सकिन्छ र तराईमा कस्ता सर्पको डसाइ बढी हुने गरेको छ लगाएतका विषयमा कपिलवस्तु सर्प दंश उपाचर केन्द्रका व्यवस्थापक नविन भण्डारी सँग गरिएको कुराकानीको संपादित अंश ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया