सर्पले टोक्दा तत्काल के गर्ने ? (भिडियो)

गर्मीयाममा सर्पको टोकाइबाट धेरै जना पीडित भएको देखिन्छ । अझ पहाडी क्षेत्रमा भन्दा तराई(मधेशमा सर्पको टोकाइबाट धेरैले समस्या भोगेका छन् । सर्प दुई प्रकारका हुन्छन्, विषालु र विषरहित । विषरहित सर्पले टोकेमा शरीरमा कुनै किसिमको हानि हुँदैन । नेपालमा गोमन, करेत र भाइपर प्रजातिका सर्पले धेरैलाई टोक्ने गरेको पाइनछ । त्यसमा पनि करेत सर्पले टोक्ने धेरैको मृत्यु नै हुने गरेको छ । किनकि यो सर्पले रातको समयमा टोक्ने भएकाले उपचार अभावमा मृत्यु हुन्छ ।पहाडी क्षेत्रमा भाइपरले धेरै टोक्छ । यसले मानिसको मृत्यु नै हुनेभन्दा पनि घाइते भने धेरैलाई बनाएको छ । गोमन र करेत सर्पले टोक्दा न्युरो टक्सिभेनममा असर गर्ने भएकाले मस्तिष्क र स्नायुमा प्रभाव पार्छ । जसकारण मानिसको मृत्यु हुने जोखिम धेरै हुन्छ । सर्पले टोकेपछि आँखा खोल्न गाह्रो हुने, आँखा लट्टिने, खाना खान वा थुक निल्न गाह्रो हुन्छ । भाइपर सर्पमा हेमोटक्सिन हुन्छ, जसले शरीरमा रगतलाई खराब गर्छ । टोकेको ठाउँ सुन्निने, समयमा उपचार भएन भने घाउ बढ्दै बढ्दै जाने र हातखुट्टा काट्नुपर्ने वा अंगभंग हुने जोखिम बढी हुन्छ । नेपालको तराई क्षेत्र सर्पदंशको जोखिम भएको क्षेत्र हो । जहाँ हरेक वर्ष दर्जनौले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका छन् ।धेरैजसो मानिसहरुलाई सर्पले टोक्दा के गर्ने भन्ने कुरा थाहा नै हुँदैन । जसका कारण उपचार नपाएर सावधानी अपनाउन नसकेकाले तथा विषालु सर्पको डसाइका कारण क्षणभरमै ज्यान समेत जाने गर्दछ । सर्पले डसेपछि तत्काल के गर्न सकिन्छ र तराईमा कस्ता सर्पको डसाइ बढी हुने गरेको छ लगाएतका विषयमा कपिलवस्तु सर्प दंश उपाचर केन्द्रका व्यवस्थापक नविन भण्डारी सँग गरिएको कुराकानीको संपादित अंश ।

सर्पले टोक्दा तत्काल के गर्ने ?

प्रतिक्रिया

खबर सबै