

अमेरिकाले १ सय २० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउने



एजेन्सी
अमेरिकाले १२० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेनमा पठाउने भएको छ । राष्ट्रपति जाे बाइडेनले आफूलाई यो निर्णय गर्न निकै कठिन भएको बताउनु भएको छ ।
उहाँले युक्रेनमा गोलीगठ्ठा सकिनै लागेकाले क्लस्टर बम पठाउने निर्णय लिन बाध्य भएको बताएका बीबीसीले जनाएको छ । यसअघि अमेरिकाले विवादास्पद क्लस्टर बम आपूर्तिका लागि युक्रेनले गरेको आग्रह स्वीकार गरेको विवरण सार्वजनिक भएको थियो ।
विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न सकिने यो अस्त्रबाट साना बमहरू निस्किन्छन् । युक्रेनका नेताहरुले अमेरिकी यो कदमको स्वागत गरेका छन् । तर, रुसले भने यसको कडा विरोध गरेको छ । अमेरिकी राष्ट्रपति बाइडेनले सीएनएनसँगको एक अन्तर्वार्तामा यस निर्णयबारे आफूले सहयोगी राष्ट्रसँग छलफल गरेको बताउनु भएको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया