

दाङमा एक वडाध्यक्षले दिए राजीनामा

दाङ – दाङको घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिनुभएको छ । आज मङ्गलवार वडाध्यक्ष शाहले घोराहीका मेयर नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाउनुभएको छ ।
उपमहानगरले असार १० गते ल्याएको बजेटप्रति असुन्तुष्टि जनाउँदै वडाध्यक्ष शाहले पदबाट राजीनामा दिएको स्रोतले बताएको छ । वडामा प्रयाप्त बजेट विनियोजन नगरेको भन्दै उहाँले पदबाट राजीनामा बुझाएको स्रोतको दाबी छ । वडाध्यक्ष शाहको राजीनामा स्वीकृत भने भइसकेको छैन ।
गएको पालिका चुनावमा शाह नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । घोराही उपमहानगरमा मेयर र उपमेयर पनि एमालेकै छन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया