

अचानक आए चिनिया खर्बपति ज्याक मा काठमाण्डौमा



काठमाण्डौ – चिनियाँ उद्यमी एवम् अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाण्डौ मंगलबार नेपाल आएका छन । उनी मंगलबार काठमाण्डौँ आएका हुन । तर उनको नेपाल बसाई भने आज एक दिनका लागि मात्र भएको बताइएको छ ।
ज्याक मा आज मङ्गलवार दिउँसो बोइङ ३७६ विमानमार्फत काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएको अध्यागमन विभागका महानिर्देशक खिमलाल भुसालले जानकारी दिनुभयो ।
ज्याक मा अन्य सात जनाको टोलीसहित काठमाण्डौ आउनुभएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो । स्रोतका अनुसार ज्याक माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ ।
ज्याक माले सन् १९९९ मा आफ्ना साथीसँग मिलेर अलिबाबा ग्रुप स्थापना गरेका थिए । यो कम्पनीको बजार मूल्य अहिले एक खर्ब डलरभन्दा माथि पुगेको छ । अलिबाबा विश्वको ठूलोमध्येको एक ई–कमर्स कम्पनी हो । यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया