

‘स्याङ्जा जाने बाटैमा तनहुँ’ बाट चिनिएका मोडल ठकुरी लोकप्रिय बन्दै



अनिता क्षेत्री, कपिलवस्तु
नेपाली संगीत क्षेत्रका एक नक्षत्र बबिन सिंह ठकुरी । सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नं. ११ रामघाटमा जन्मिएका चर्चित डान्सर तथा मोडल ठकुरी लोक गीत संगीत, चलचित्रमा आफ्नो प्रतिभा देखाउदै आएका छन् । करिव ४ बर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रुपमा संघर्ष गर्दै आएका उनी पछिल्लो समयमा दर्शकहरुको रोजाई बन्न पुगेका छन् ।
विभिन्न मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरुमा उनको प्रस्तुती देख्दा दर्शकहरु मन्त्रमुग्ध बन्ने गर्छन् । पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा रहेको ‘स्याङ्जा जाने बाटैमा तनहुँ’ भन्ने तीज गीतको नृत्यबाट यस क्षेत्रमा प्रवेश गरेका युवा ठकुरी अहिले सम्म करिव डेढ सय गीतमा उनले नृत्य प्रस्तुत गरिसकेका छन् ।
विशेषगरि उनी ‘दिउँला चिनो युके लण्डनको’, ‘तिमलाई पाउन छोडेको छु १३ जनालाई’, ‘लाली जोवानले’, ‘गोठाले दाई’, ‘गुल्मेलीको नाँच’, ‘जाने कि नजाने’, ‘बैना मायालाई’ लगायतका चर्चित एल्बममा डान्स गरि दर्शकको मन जित्न सफल भएका छन् ।

वि.स. २०५४ सालमा सामान्य परिवारमा २ दिदी, १ दाई पछि बाुवा भक्त बहादुर र आमा कालु सिंह ठकुरीको कोखबाट कान्छो सन्तानको रुपमा जन्मिएका मोडल ठकुरी सानै उमेर देखिनै गाउँघर तथा विद्यालयमा हुने कार्यक्रममा पनि उनी नृत्य गर्न रुचाउँथे । हुने विरुवाको चिल्लो पात भनेझै कलिलो उमेर देखिनै सांगीतिक क्षेत्रमा योगदान गनुर्पछ भनेर लागेको ठकुरी बताउँछन् ।
कहिले नयाँ गीत संगीत सुटिङ् गर्दा, विभिन्न मेला महोत्सव, सांस्कृतिक कार्यक्रममा दर्शकको माग अनुसार आफ्नो कला प्रस्तुत गर्नका लागि उनी देशैभर पुग्ने गर्छन । देशैभर पुग्दा दर्शकहरुले उनको प्रस्तुती प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् भने अझ उनकोे प्रस्तुती हेर्न लालाहित हुने गरेका छन् ।



खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया