

मोदीले गरे नयाँ संसद् भवनको उद्घाटन, ७५ रुपैयाँको नयाँ सिक्का पनि जारी



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० वटा विपक्षी दलको बहिष्कारबीच नयाँ संसद् भवनको उद्घाटन गर्नुभएको छ । उद्घाटनसँगै मोदीले ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएको सुनको राजदण्ड पनि संसद् भवनमा स्थापना गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।
नयाँ भवन उद्घाटनका लागि राष्ट्रपतिलाई आग्रह नगरिएकोमा प्रतिपक्ष दलहरूले सरकारको आलोचना गर्दै उद्घाटन कार्यक्रम बहिस्कार गरेका हुन् । सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) ले चाहिँ विपक्षीहरूको बहिष्कारलाई लोकतन्त्रप्रतिको अनादर भनेको छ ।
नयाँ संसद् भवन सङ्घीय राजधानी दिल्लीमा सेन्ट्रल भिस्टा पावर कोरिडोरको विकास गर्ने सरकारको महत्त्वाकाङ्क्षी परियोजनाको हिस्सा हो ।
नयाँ भवनको उद्घाटन गर्दै मोदीले संसद् भवन उद्घाटन भएको दिन र भारतीय स्वतन्त्रताको ७५ वर्षको स्मरणलाई अङ्कित गर्ने ७५ रुपैयाँको नयाँ सिक्का पनि जारी गर्नुभएको छ । नयाँ चार तले भवनको अनुमानित लागत नौ अर्ब ७० करोड भारतीय रुपैयाँ रहेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया