मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु

कपिलवस्तु । रोल्पाको सुनिलस्मृति गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा प्युठानका एक किशोरको ज्यान गएको छ ।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ चतुर्भुज मोडमा लु.८७ प २०६८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा चालक प्युठान स्वर्गद्वारी नगरपालिका–८ धनचौर बस्ने १६ वर्षीय सागर सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया