

विश्वका एक अर्ब मानिस हैजाको जोखिममा





विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले जनाएको छ । डब्लुएचओका अनुसार यस वर्ष अहिलेसम्म २४ देशमा हैजाको प्रकोप देखिएको छ । गएको वर्षको मे महिनामा मात्रै १५ देशमा हैजाको प्रकोप देखिएको थियो ।
सामान्यतया हैजाको प्रकोपबाट मुक्त रहेका भनिएका देशहरु पनि पछिल्लो समय यसबाट प्रभावित भइरहेका छन् र मृत्युदर एक सय भन्दा धेरै छ । गरिबी, द्वन्द्व, जलवायु परिवर्तन र त्यसले निम्त्याएको जनसङ्ख्या विस्थापनका कारण सङ्क्रमण बढेको डब्लुएचओका कार्यक्रम व्यवस्थापक हेनरी ग्रेले बताउनुभयो ।
हैजाबाट प्रभावित देशहरूको सङ्ख्या बढ्दै जाँदा, रोकथाम र प्रतिकार्यका लागि उपलब्ध स्रोतहरू कम छ । साथै खोप अभियान नराम्ररी प्रभावित भएको छ । हैजा सामान्यतया दूषित खाना वा पानीको माध्यमबाट सर्ने एक रोग हो । विशेष गरी साना बच्चाका लागि जोखिम निम्त्याउने यो रोगका कारण झाडापखाला र बान्ता हुने गर्छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया