
यस वर्ष देशभरका विद्यार्थीले समयमै किताब पाए : शिक्षा मन्त्रालय

काठमाण्डाै
सरकारले यस वर्ष देशभरका विद्यार्थीले समयमै पाठ्यपुस्तक (किताब) प्राप्त गरेका जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज आइतवार पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीले समयमै किताब प्राप्त गरेको जानकारी दिएको हो ।
वैशाख दास्रो हप्ताभित्रै देशभरका सबै विद्यार्थीको हातमा किताब पुगेको मन्त्रालयका सह–सचिव एवम् प्रवक्ता दीपक शर्माले बताउनुभयो । यस वर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट कक्षा ६ देखि १० सम्मको एक करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रण संस्थाहरूबाट कक्षा १ देखि ५ सम्मको एक करोड १८ लाख थान किताब छपाइ भएको मन्त्रालयले जनाएको छ । ७७ वटै जिल्लामा सूचीकृत भएका एक हजार दुई सय ६७ स्थानीय बिक्रेतामार्फत किताब बिक्री/वितरण भइरहेको प्रवक्ता शर्माले बताउनुभयो ।
कहीँकतै किताब नपुगेको भएमा जानकारी प्राप्त भएको दुई दिनभित्रै नजिकको बिक्रेताबाट उपलब्ध हुने व्यवस्था मिलाएको पनि उहाँले जानकारी दिनुभयो ।
‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथमा यही वैशाख २ गतेदेखि देशभरका विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन भएको छ । प्रवक्ता शर्माले काठमाण्डौ महानगरपालिकाले विद्यालयको नामाकरणको सम्बन्धमा गरेको पछिल्लो निर्णय उसको अधिकारको विषय रहेको र मन्त्रालयमा आधिकारिक जानकारी आइनसकेको बताउनुभएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया