

आईपीएल क्रिकेटमा गुजरातले मुम्बईलाई ५५ रनले हरायो

एजेन्सी
ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता गुजरात टाईटन्सले मुम्बई इन्डियन्सलाई ५५ रनले हराएको छ ।
गएराति अहमदावादमा भएको खेलमा गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन बनायो । मुम्बईका निहाल वाधिराले सर्वाधिक ४० रन बनाए । क्यामरुन ग्रीन ३३ रनमा आउट भए । सुर्यकुमार यादवले २३ रन जोडे ।
गुजरातका नूर अहमदले ३ तथा मोहित शर्मा र राशिद खानले समान २/२ विकेट लिए । कप्तान हार्दिक पान्ड्याले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । गुजरातका शुभमन गिलले सर्वाधिक ५६ रन जोडे । डेबिड मिलर ४६ रनमा आउट भए । त्यस्तै अनुभव मनोहरले ४२ रन बनाए ।
मुम्बईका पियुष चावलाले २ तथा जेसन बेहरनडोर्फ, राईली मेरिडेथ, अर्जुन तेन्दुल्कर र कुमार कार्तिक्येले समान एक/एक विकेट लिए । जितसँगै गुजरात सात खेलमा पाँच जित र दुई हारका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ । पाँच पटकको च्याम्पियन मुम्बई समान सात खेलमा तीन जित र चार हारका साथ अंक तालिकाको सातौं स्थानमा छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया