

बलिउड स्टार शाहरुख खान सबैभन्दा प्रभावशाली व्यक्तित्व बने



एजेन्सी । टाइम म्यागजिनको रिडर्स पोलमा बलिउड स्टार शाहरुख खान सबैभन्दा प्रभावशाली व्यक्तित्व बनेका छन् । २०२३ टाइम १०० पोलमा शीर्ष स्थानमा रहेका किङ खानले ४ प्रतिशत भोट पाएका छन् । दोस्रो नम्बरमा बुर्का र हिजाबको विरुद्धमा प्रदर्शन गर्ने इरानी महिलाहरूको समूह छ ।
विश्वभरका कोभिड स्वास्थ्यकर्मीहरू तेस्रो नम्बरमा थिए । बेलायतका राजकुमार ह्यारी र उनकी श्रीमती चौथो र फुटबलर लियोनल मेसी पाँचौं नम्बरमा छन् ।
टाइम म्यागजिनका अनुसार यस सर्वेक्षणमा विश्वभरबाट १२ लाख मानिसले भाग लिएका थिए र मतदान गरेका थिए । यस पोलमा शाहरुखले ४ प्रतिशत, दोस्रो नम्बरमा रहेका बुर्काको विरोध गर्ने इरानी महिलाले ३ प्रतिशत मत पाएका छन् । इरानी महिलाले म्यागजिनको सन् २०२२ को वर्ष व्यक्तिको उपाधि पनि प्राप्त गरिसकेका छन् ।
यस्तै, राजकुमार ह्यारी र मेगन चौथो नम्बरमा छन्, जसले १।९ प्रतिशत भोट पाएका छन् । जब ह्यारीले यस वर्ष आफ्नो जीवनी स्पेयरको लागि हेडलाइन बनाए, मेघनले आर्चेटाइप्स भनिने पोडकास्ट होस्ट गरे । यही कारण थियो कि दुबै शाही परिवारका सदस्यको बारेमा धेरै चर्चा भएको थियो । फुटबलर लियोनल मेसी १।८ प्रतिशत भोटका साथ पाँचौं स्थानमा छन् ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया