

कपिलवस्तुमा रोकीएको ट्रकमा ठोकियो मोटरसाईकल, एकको मृत्यु, दुईजना घाइते



कपिलवस्तु । कपिलवस्तुमा शनिबार राति भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । जिल्लाको बुद्धभूमी नगरपालिका–९ चम्पापुरस्थित सडकमा रोकी राखेको ग. १ ख ३८३५ नम्बरको ट्रकमा रा.३ प ७६७० नम्बरको मोटरसाइकल ठक्कर खाई उक्त दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार कपिलवस्तुको विजयनगर गाउँपालिका–४ त्रिपालनगर बस्ने २९ वर्षीय बाबुराम कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाइएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया