

एसिया कप पाकिस्तानले आयोजना गर्दा, भारतको खेल भने अर्काे देशमा



काठमाडौँ
सन् २०२३ को एसिया कप पाकिस्तानले आयोजना गर्ने भएपनि भारतले खेल्ने खेल भने पाकिस्तान बाहिरै हुने सम्भावना रहेको छ । एकदिवसीय प्रतियोगिता सेप्टेम्बरमा आयोजना हुनेछ ।
क्रिकइन्फोले जनाए अनुसार भारतको क्रिकेट बोर्ड (बीसीसीआई) र पाकिस्तान क्रिकेट बोर्ड (पीबीसी) ले भारतको खेल अन्य कुनै मुलुकमा खेलाउने प्रारम्भिक सहमती भएको छ । तर यसका लागि दुबै देशको सरकारको सहमति पनि आवश्यक छ ।
पाकिस्तानबाहेकको खेल स्थल सुनिश्चित नभएपनि भारतले खेल्ने खेल यूएई, ओमान, श्रीलंका अथवा इंग्ल्यान्ड मध्ये एक देशमा खेलाउन सकिने प्रारम्भिक अनुमान गरिएको छ ।
एसिया कपका लागि पाकिस्तान र भारत एकै समूहमा रहेका छन् । थप एक टिम नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपबाट छनोट हुनेछ । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । भारत र पाकिस्तानबीचको खेल समूह चरणमै हुने निश्चित छ ।
भारतले पाकिस्तानमा खेल्न नस्कने दावी गरेपछि पाकिस्तानले पनि प्रतियोगिताको सबै खेल पाकिस्तान बाहिर भए आफूहरुले प्रतियोगितामा सहभागी नहुने जनाएको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया