

जापानका प्रधानमन्त्री भारतमा, मोदीलाई भेट्दै

काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदा नयाँ दिल्ली आइपुगेका छन् ।
जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली आइपुगेका हुन् ।
किशिदाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । आज दुवै नेताबीच भारतीय समयअनुसार ११ बजे भेट हुँदै छ ।
दुई नेताबीच इन्डो-प्यासिफिक क्षेत्र र चीनको बढ्दो सैन्य गतिविधिबारे छलफल हुनेछ ।
मोदी र किशिदाले जी २० शिखर सम्मेलनको भारतको अध्यक्षता र मेमा हुने जी७ शिखर सम्मेलनको जापानको अध्यक्षताका बारेमा पनि छलफल गर्नेछन्।
रुस-युक्रेन युद्धको आर्थिक नतिजा र ऊर्जा र मल सुरक्षाका विषयमा दुई नेताबीच छलफल हुनेछ । भारत र जापानबीच व्यापार, लगानीलगायत विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिका लागि पनि उनले पहल गर्नेछन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया