

फ्रान्समा संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न रोक : सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता



एजेन्सी
फ्रान्सको संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न रोक लगाइएको छ ।
राष्ट्रपति इम्यानुएल म्याक्रोँले संसदमा मतदान विना नै निवृत्तिभरण अर्थात् पेन्सन सुधारको घोषणा गरेपछि फ्रान्सले त्यसपछि हुनसक्ने विरोधलाई ध्यानमा राखेर संसद् अगाडि प्रदर्शन गर्न प्रतिबन्ध लगाएको हो ।
म्याक्रोँको सरकारले गएको बिहीवार कार्यकारी अधिकार प्रयोग गरी विवादास्पद विधेयक पारित गर्न आदेश जारी गरेपछि देशका अन्य भागमा शान्तिपूर्ण जुलुस निकालिएको छ । सडकमा विरोध प्रदर्शन बढ्दै गएको छ ।
संसदीय स्रोतका अनुसार विपक्षी सांसदले संसदमा छलफल हुने गरी सरकारविरुद्ध अविश्वासको दुई वटा प्रस्ताव दर्ता गराएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उनीहरूले मन्त्रिपरिषद्लाई अपदस्थ गर्न र सेवानिवृत्तिको उमेर ६२ बाट ६४ पुर्याउने कानुनलाई खारेज गर्न माग गरेका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया