

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन



एजेन्सी
भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ । उहाँका नजिकैको सहयोगी अशोक पण्डितले निधनको पुष्टि गरेका बीबीसी हिन्दीले जनाएको छ । अभिनेता अनुपम खेरले पनि ट्वीटमार्फत् सतीश कौशिकको निधन भएको जानकारी दिनुभएको छ ।
भारतीय सञ्चारमाध्यमले अनुपम खेरललाई नै उदृत गर्दै सतीश कौशिकको निधन भएको खबर छापेका छन् । उहाँको हृदयघातका कारण निधन भएको आफन्तलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कारमा यात्रा गरिरहेका बेला उहाँलाई हृदयघात भएको थियो ।
उहाँलाई अस्पतला पुर्याए पनि बचाउन नसकिएको आफन्तले बताएका छन् । सन् १९५६ अप्रिल १३ तारिखमा हरियाणामा जन्मेका कौशिकले अभिनयसँगै, व्यङ्ग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माण समेत गर्नुहुन्थ्यो । उहाँलेसाजन चले ससुराल, जाने भी दो यारो र मिस्टर इण्डिया लगायत भारतीय चलचित्रमा अभिनय गर्नु भएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया