

पाकिस्तानमा आत्मघाती आक्रमणमा परेर ९ जना प्रहरीको ज्यान गयो

एजेन्सी
पाकिस्तानको बलुचिस्तानमा आत्मघाती आक्रमणमा परेर नौ जना प्रहरीको ज्यान गएको छ । आत्मघाती आक्रमणमा अन्य १० जना घाइते भएका बीबीसी उर्दुले जनाएको छ ।
प्रहरी बोकेको गाडी एक पुल नजिकै पुगेपछि मोटरसाइकलमा आएका आक्रमणकारीले विस्फाेट गराएका खबरमा उल्लेख छ । गाडीमा सवार सुरक्षाकर्मीहरू हिजो आइतवार सकिएको सिबी मेलामा ड्युटी गरी क्वेटातर्फ फर्किरहेका थिए ।
बलुचिस्तानका मुख्यमन्त्री मीर अब्दुल कुदौस बिजेन्जोले सुरक्षाकर्मीको गाडीमा भएको बम विस्फाेटकाे निन्दा गर्नुका साथै यसलाई आतङ्कवादी कार्यको संज्ञा दिँदै मृतक र घाइतेका परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त गर्नुभएको छ । उहाँले बलुचिस्तानलाई अशान्ति र अस्थिरता सिर्जना गरेर पछाडि धकेल्ने षड्यन्त्र रचिएको भन्दै यस्ता षड्यन्त्रलाई नागरिकको सहयोगले असफल बनाइने दाबी पनि गर्नुभएको छ ।
पाकिस्तानमा पछिल्लो समय सुरक्षा बललाई निसाना बनाएर आक्रमण बढ्न थालेका छन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया